PRABHU BANK

नेपाल बैंकको ६१औं वार्षिक साधारणसभा सम्पन्न, प्रस्तावित १६ प्रतिशत लाभांश पारित

Nepal Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल बैंकको ६१औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको उक्त साधारणसभा सञ्चालक समितिका अध्यक्ष वासुदेव अधिकारीको सभापतित्वमा सम्पन्न भएको हो । उक्त सभाले बैंकको प्रस्तावित १६ प्रतिशत लाभांश पारित गरेको छ । पुस २९ गते सम्पन्न बैंकको ६१औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।
सभाले पारित गरेसँगै सेयरधनीले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १२ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद गरि कूल १६ प्रतिशत लाभांश पाउने भएका भएका छन् । यस्तै सभाले बोनस सेयर वितरणबाट बैंकको साविक जारी तथा चुक्ता पुँजीमा वृद्धि गरि १२ अर्व ६३ करोड रूपैयाँ कायम गर्ने प्रस्ताव पारित गरेको छ ।
साथै साधारणसभामा तय भएको सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्ने कार्यक्रम मतदान प्रकृया मार्फत सम्पन्न भएको छ । जसमा विवेक शमशेर ज.ब.रा, विष्णु कुमार अग्रवाल र कर्मचारी सञ्चय कोषका प्रतिनिधि ओम कृष्ण श्रेष्ठ सञ्चालक पदमा निर्वाचित भएका हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै