PRABHU BANK

माछापुच्छ्रे बैंक र एशियन डेभलपमेन्ट बैंकबीच सम्झौता, कर्जा तथा ट्रेड सहयोग गर्ने

Machhapuchchhre Bank
  • बैंकिङ संसार
काठमाडौं । माछापुच्छ्रे बैंक र एशियन डेभलपमेन्ट बैंकबीच सम्झौता भएको छ । बैंक र एडीबीबीच एडीबीको ट्रेड एण्ड सप्लाई चेन फाइनान्स प्रोग्राम अन्तर्गत कर्जा तथा ट्रेड सहयोगको लागि उक्त सम्झौता भएको हो । माछापुच्छ्रे बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र एशियन डेभलपमेन्ट बैंकका तर्फबाट सल्लाहकार तथा प्रमुख ट्रेड एण्ड सप्लाई चेन फाइनान्स स्टेभन विकले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
ट्रिपल ए क्रेडिङ्ग रेटिङ्ग प्राप्त एडिबीको ट्रेड एण्ड सप्लाई चेन फाइनान्स प्रोग्रामले एसियामा आजसम्म २ सय भन्दा बढी बैंकहरुसंग सहकार्य गरिसकेको छ । उक्त सम्झौता पश्चात एडिबीको ग्यारेन्टीमा माछापुच्छ्रे बैंकले विभिन्न क्षेत्रका साना तथा मझौला व्यवसायीहरुलाई अन्तर्राष्ट्रिय ट्रेड तथा ग्यारेन्टीसंग सम्बन्धित फाइनान्सिङ सुविधाहरु प्रदान गर्ने भएको छ । आफ्ना ग्राहकलाई विश्वसनिय तथा परिमार्जित सेवा प्रदान गर्दै आइरहेको माछापुच्छ्रे बैंकले एडीबीसँग ट्रेड फाइनान्स प्रोग्राममा गरेको सम्झौताले देशको आर्थिक विकासमा ठूलो टेवा पुग्ने विश्वास लिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै