PRABHU BANK

लक्ष्मी बैंकद्धारा नयाँ सेवा सार्वजनिक, क्युआर स्क्यान गरी बसको टिकट शुल्क तिर्न सकिने

Laxmi Bank
  • बैंकिङ संसार
काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले नयाँ सेवा सार्वजनिक गरेको छ । बैंकले लोहत्से बहुउद्देश्यीयको सहभागितामा बस टिकट बुकिङ्ग सेवाको भुक्तानी गर्न पाउने थप सुविधा सार्वजनिक गरेको हो । अब बसको टिकट खरिद गर्दा बैंकका ग्राहकले मोबाई मनि/वालेट बाट क्यु आर स्क्यान गरी फोनपे नेटवर्क अन्तर्गत भुक्तानी गर्न सक्ने भएका छन् ।
क्युआरद्धारा बस टिकटको भुक्तानी गर्न पाउने सेवा ततकाल काठमाडौंको गोंगबु बसपार्कको टिकट काउन्टरहरुमा उपलब्ध हुने बैंकले जनाएको छ । क्युआर पेमेन्टले ग्राहकहरुलाई छिटो एवं छरितो सहज रुपले भुक्तानी गर्न सक्ने विश्वास बैंकले लिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै