PRABHU BANK

हिमालयन बैंकले भूतपूर्व सैनिक सेवा समाजलाई प्रदान गर्यो कम्प्युटर, अशोक राणाद्धारा हस्तान्तरण

Himalayan Bank
  • बैंकिङ संसार
काठमाडौं । हिमालयन बैंकले भूतपूर्व सैनिक सेवा समाजलाई कम्प्युटर सेट हस्तान्तरण गरेको छ । बैंकले चन्द्रागिरी नगरपालिका-७, बाणस्थली स्थित भूतपूर्व सैनिक सेवा समाजलाई एक थान कम्प्युटर सेट हस्तान्तरण गरेको हो ।
बैंकले संस्थालाई आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व पुरा गर्ने क्रममा सो कम्प्युटर सेट हस्तान्तरण गरेको हो । हिमालयन बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले उक्त कम्प्युटर सेट भूतपूर्व सैनिक सेवा समाजका अध्यक्ष हुमलाल अधिकारीलाई हस्तान्तरण गरेका हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै