ज्योति विकास बैंकद्धारा मध्यबिन्दु जिल्ला अस्पताललाई बेबी वार्मर सहयोग

Jyoti Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले मध्यबिन्दु जिल्ला अस्पताललाई सहयोग गरेको छ । बैंकले नवलपुरको मध्यबिन्दु जिल्ला अस्पताललाई एक थान बेबी वार्मर सहयोग गरेको हो । अस्पतालको प्राङ्गणमा माघ २ गते शुक्रबार आयोजित एक कार्यक्रममार्फत राष्ट्रिय आविष्कार केन्द्र र ज्योति विकास बैंकले संयुक्त रुपमा सो बेबी वार्मर प्रदान गरेको हो ।
बेबी वार्मरले नवजात शिशुको शारिरिक तापक्रम उचित बनाईराख्न सहयोग गर्दछ । कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट गण्डकी प्रदेश र चितवन जिल्ला क्षेत्रका क्षेत्रीय प्रमुख विशाल लामिछाने, बैंकको कावासोती शाखाका शाखा प्रबन्धक लोक नारायण मानन्धर र राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट संजय बहादुर सिंहद्वारा संयुक्त रुपमा मध्यबिन्दु जिल्ला अस्पताल व्यवस्थापन समितिका सदस्य तथा नवलपुर वाणिज्य संघका अध्यक्ष दासु राज पोखरेललाई सो बेबी वार्मर औपचारिक रुपमा हस्तान्तरण गरेका हुन् ।
नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मरबाट मध्य बिन्दु जिल्ला अस्पतालमा प्रसुति सेवा लिन आउने बार्षिक करिब ३ सय जना प्रत्यक्ष्यरुपमा लाभान्वित हुनेछन् । साथै शिशु मृत्युदर न्यूनीकरण गर्न समेत योगदान पुग्ने छ । सोहि कार्यक्रमको अवसरमा पीपीई र फेस शिल्ड जस्ता कोरोना भाइरस नियन्त्रण स्वास्थ्य सामग्री पनि अस्पताललाई प्रदान गरिएको थियो ।
बैंकले हाल १ सय ५ शाखा कार्यालय, ६१ वटा एटीएम र १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटीएम मार्फत सेवा प्रदान गर्दै आईरहेको छ । हालसम्म बैंकले ३ लाख भन्दा बढि खाताबाट करिब ४५ अर्व ८५ करोड रुपैयाँ निक्षेप संकलन गरी २३ हजारभन्दा बढि ऋणीलाई करिब ३७ अर्व ५९ करोड रुपैयाँ लगानी गर्न सफल भएको छ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्