PRABHU BANK

राष्ट्रिय वाणिज्य बैंकको ५६औं वार्षिकोत्सव सम्पन्न, रक्तदान कार्यक्रम गरी मनाए वार्षिकोत्सव

Rastriya Banijya Bank
  • बैंकिङ संसार
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको आफ्नो ५६ औँ वार्षिकोत्सव सम्पन्न भएको छ । बैंकको सोमबार सिंहदरबारप्लाजा, काठमाडौँमा रक्तदान कार्यक्रमको आयोजनाको साथ बैंकको उक्त वार्षिकोत्सव सम्पन्न भएको हो । डिजिटल युगमा प्रवेश गरेसँगै कुन बैंकले डिजिटल माध्यमबाट कसरी गुणस्तरीय सेवा प्रवाह गर्ने भन्नेमा प्रतिस्पर्धा भइरहेको बेला राष्ट्रिय वाणिज्य बैंकले आफु डिजिटल माध्यमबाट नयाँ सेवामा गइरहेको बताएको छ ।
खासगरी कोभिड-१९ को संक्रमणपछि लेस क्यास ट्रान्जेक्शन गर्दै डिजिटलको माध्यमबाट कारोबार अगाडी बढाउने र यसलाई निरन्तरता दिने बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले बताएका छन् । जस्तोसुकै विषम परिस्थितिमा पनि बैंकिङ कारोबारलाई सुचारु राख्ने तथा वैकल्पिक माध्यम अपनाएर भएपनि बैंकका गतिविधि अगाडी बढाउने उनले  भनेका छन् ।
ग्राहकलाई नयाँ सेवा सहजतरीकाले कसरी दिने भन्नेमा राष्ट्रिय वाणिज्य बैंक गम्भिर रहेको उपकार्यकारी अधिकृत सरस्वती अधिकारीले बताकी छिन् । कम व्याजमा कर्जा दिने तथा निक्षेपकर्तालाई बढी व्याज दिएर बैंक ग्राहक पहुँचको पहिलो नम्बरमै रहेको उनको भनाई छ । देश विदेशमा रहेका नेपालीहरुमाझ डिजिटल माध्यमबाट पुग्ने तथा नयाँ सेवामा जाने प्रयासमा रहेको पनि उनले बताएकी छिन् । गाउँ गाउँमा वित्तिय पहुँच पुर्याउन बैंक डिजिटल प्रणालीमार्फत क्यासलेस ट्रान्जेक्शनलाई बढी प्राथमिकता दिएर अघि बढेको बैंकका ब्रान्च अपरेशन विभागका प्रमुख सरोज बस्नेतले बताएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै