काठमाडौँ। पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरू ऋण असुलीमा केन्द्रित भएका छन्। चालु आर्थिक वर्ष २०८१-८२ सकिने लाग्दा बैंकहरू ऋण असुलीमा केन्द्रित हुन थालेका हुन्।
बैंकले आफ्ना ब्यालेन्स सिटहरू राम्रो देखाउन ऋण असुलीमा विशेष ध्यान दिन थालेका बुझीएको छ। यद्यपि ब्याजदर घटाएको भएता पनि कर्जा प्रवाहमा अपेक्षित वृद्धि देखिएको छैन।
बैंकहरुलाई वार्षिक रिपोर्टमा राम्रो प्रदर्शन गर्न ऋण असुलीको आवश्यकता छ। नयाँ व्यवसायको विकासमा कम सफलता प्राप्त भएको अवस्थामा असुलीमा ध्यान केन्द्रित गर्नुपर्ने र गैर-निष्क्रिय सम्पत्ति (एनपीए) घटाएर नाफा बढाउने चुनौती रहेको बैंकरहरूको भनाइ छ।
यता लगानीको स्थिति अपेक्षाजनक नभएपछि र कर्जा नोक्सानी बढ्दो अवस्थामा ऋण असुली बाहेक अरू कुनै विकल्प नभएको बैंकरहरूले जनाएका छन्।