PRABHU BANK

नेपाल क्रेडिट एण्ड कमर्श बैंकले ३ अर्व रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने, बोर्डबाट पायो अनुमति

NCC Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले साढे ३ अर्व रुपैयाँ बराबरको डिबेन्चर (ऋणपत्र) निष्कासन गर्ने भएको हो । नेपाल धितोपत्र बोर्डले अनुमति दिएसँगै बैंकले १० वर्षे अवधि रहेको सो मात्राको ऋणपत्र निष्कासन गर्ने भएको हो ।
‘एनसीसी बैंक ऋणपत्र २०८६’ नामको उक्त ऋणपत्र निष्कासन गर्न कम्पनीले गत माघ ५ गतेनै बोर्डबाट अनुमति पाएको थियो । यससँगै बैंकले ९.५ प्रतिशत व्याजदरमा ३० लाख कित्ता ऋणपत्र जारी गर्ने भएको छ । सोमध्ये बैंकले व्यक्तिगत तवरबाट १८ लाख कित्ता र सर्वसाधाण तवरबाट १२ लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । उक्त ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै