PRABHU BANK

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा १५ लाख ३० हजार जनाको पर्यो आवेदन

Nepal Infrastructure Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आईपीओमा १५ लाख ३० हजार जनाले आवेदन दिएका छन् । सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार मंगलबार माघ ६ गते साँझ ६ बसेसम्ममा १५ लाख ३० हजार जनाले आवेदन दिएका हुन् । यस्तैगरी निफ्राको आईपीओमा कूल १८ अर्व १२ करोड ८६ लाख ७२ हजार रूपैयाँ बराबरको आवेदन परेको छ ।
यससँगै नेपालको इतिहासकै ठूलो आईपीओ निष्कासन गरेको बैंकको सेयरमा आवेदन पनि इतिहासकै बढी परेको छ । जुन कम्पनीले माग गरेको भन्दा २.३९ गुणा बढी आवेदन हो । कम्पनीले सर्वसाधारणमा ७ करोड ५८ लाख ४० हजार कित्ता सेयर मात्रै माग गरेको थियो । सीडीएस एण्ड क्लियरिङ (सीडीएससी)ले बैंकको आईपीओमा आवेदन गर्ने समय थप १ घन्टा थपेको थियो । मेरो सेयरमा प्राविधिक समस्या देखिएपछि सीडीएससीले उक्त समय थपेको हो । साँझ ५ बजेसम्ममा १५ लाख २ हजार ४९८ जना आवेदकले १७ करोड ७९ लाख ४६ हजार ६५० कित्ता सेयरको लागि आवेदन दिएका थिए । त्यसपछिको १ घण्टाको अवधिमा मात्रै करिब २७ हजार आवेदकले थप ३३ लाख ४० हजार ७० कित्ता सेयरको लागि आवेदन दिएका थिए । 
बैंकले माघ २ गतेदेखि प्रतिकित्ता १ सय रुपैयाँ दरको ८ करोड कित्ता सेयर अर्थात कूल ८ अर्व रुपैयाँ बराबरको आईपीओ निष्कासन गरेको थियो । जसमध्ये ०.२ प्रतिशत अर्थात् १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ४ लाख कित्ता म्युचुअल फण्डहरुका लागि र बाँकी रहेको ७ करोड ५८ लाख ४० हजार कित्ता सेयर भने सर्वसाधारणका लागि छुट्याइएको थियो । यससँगै उक्त सेयरमा आवेदन दिने म्याद मंगलबार माघ ६ गतेबाट सकिएको छ । माग भन्दा बढी आवेदन परेसँगै कम्पनीले माघ ६ गते नै निष्कासन बन्द गरेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै