PRABHU BANK

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल नियुक्त

Nepal Infrastructure Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले सेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको छ । बैंकले सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि ग्लोबल आइएमई क्यापिटललाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो । सो सम्बन्धमा माघ ६ गते मंगलबार नेपाल इन्फ्रास्ट्रक्चर बैंकको केन्द्रीय कार्यालयमा बैंक र क्यापिटलबीच सम्झौता भएको छ । 
सम्झौतापत्रमा बैंकको तर्फबाट नायब महाप्रबन्धक विनयनाथ न्यौपाने र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणि ढकालले हस्ताक्षर गरेका हुन् । नेपालको एक मात्र पुर्वाधार बैंकको रुपमा नेपाल राष्ट्र बैंकबाट ईजाजत पत्र प्राप्त उक्त बैंकले हालै मात्र सर्वसाधारण (कर्मचारी र सामुहिक लगानी कोष समेत) को लागि हालसम्मकै ठूलो रकम ८ अर्व रूपैयाँको साधारण सेयर निष्कासन गरेको छ ।
माघ २ गतेदेखि खुल्ला भई माघ ६ गते बैंकिङ कारोबार समय पश्चात बन्द हुन लागेको यस सार्वजनिक निष्कासनमा सर्वसाधारण लगानीकर्ताहरुको उत्साहप्रद सहभागिता रहेको देखिएको छ । र आइपीओको इतिहासमा सबैभन्दा धेरै आवेदन परेको छ । बैंकको अधिकृत पुँजी ४० अर्व रूपैयाँ र जारी पुँजी २० अर्व रूपैयाँ रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै