PRABHU BANK

कृषि विकास बैंकले सार्वजनिक गर्यौ किसान क्रेडिट कार्ड र किसान एप, यस्ता छन् सुविधाहरु

Agricultural Development Bank
  • बैंकिङ संसार
काठमाडौं । कृषि विकास बैंक लिमिटेडले किसान क्रेडिट कार्ड र किसान एप सार्वजनिक गरेको छ । बैंकको माघ ७ गते भएको ५४औं वार्षिकोत्सव कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेलले सो कार्ड र एपको सार्वजनिक गरेको गरेका हुन् । यो आधुनिक प्रविधियुक्त स्मार्ट एप हो । जसमार्फत किसानले आफ्नो मोबाईलमार्फत बैंकले उपलब्ध गराएको एप्लीकेसन सफ्टवेयर प्रयोग गरी कृषि सम्बन्धी विभिन्न कारोबारहरु सहज, सरल र सुरक्षित तरिकाले गर्न सक्ने भएका छन् । 
बैंकले सार्वजनिक गरेको किसान एपबाट किसानले विभिन्न सेवा सुविधाहरु पाउने भएका छन् । उनीहरुले आवश्यक कृषि सामग्री बैंकले गरेका मर्चेन्टबाट खरिद गर्न सक्ने भएका छन् । आफुले उत्पादन गरेको कृषि उपज बिक्री गरी भुक्तानी लिन पनि सक्ने भएका छन् । त्यसैगरी बैंकको कर्जा खातामा भएको रकम तोकिएको सीमासम्म कारोबार गर्न सकिने भएको छ । कृषि ज्ञान केन्द्रको सुविधा भएको उक्त एपबाट युटीलिटी पेमेन्टको समेत सुविधा पाइने भएको छ ।
बैंकबाट कर्जा कारोबार गरिरहेका र खातामार्फत बैंकिङ कारोबार गर्ने किसानले उक्त एप लिन सक्ने भएका छन् । कृषि सामाग्री, सेवा तथा उपज खरिद बिक्री गर्ने व्यवसायीले पनि सो एप लिन योग्य हुने भएका छन् । त्यसैगरी बैंकसँग सहकार्य गरेका विभिन्न निकाय एवं वालेट प्रयोग गरेका र अन्य बैंक तथा वित्तीय संस्थाका किसानले उक्त एप लिन सक्ने भएका छन् ।
रजिष्टर गर्नको लागि योग्यता पुगेका किसानले किसान एप सञ्चालन गर्न बैंकको नजिकैको शाखामा गई आवेदन दिनुपर्ने बैंकले जनाएको छ । उक्त आवेदन स्वीकृत भएमा बैंकबाट युजर नेम पासवर्ड तथा पिन प्राप्त हुने भएको छ । त्यसपछि किसानले आफ्नो स्मार्ट फोनको गुगल प्ले स्टोर तथा एप स्टोरबाट बैंककको किसान एप डाउनलोड गनुपर्छ । अनि बैंकबाट प्राप्त भएको यूजर नेम, पासवर्ड तथा पिन राखी एप सञ्चालन गर्न सकिने बैंकले जानकारी गराएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै