PRABHU BANK

सनराइज बैंकद्धारा कन्ट्याक्टलेस ट्याप टू पे कार्ड सेवा सार्वजनिक, आधुनिक र विश्वस्तरिय बनाउने उद्देश्य

Sunrise Bank
  • बैंकिङ संसार
काठमाडौं । सनराइज बैंक लिमिटेडले कन्ट्याक्टलेस ट्याप टू पे कार्ड सेवा सार्वजनिक गरेको छ । बैंकले कार्डमार्फत हुने भुक्तानीलाई अझै सहज, आधुनिक र विश्वस्तरिय बनाउने उद्देश्यका साथ कन्ट्याक्टलेस डेबिट, क्रेडिट र अन्तर्राष्ट्रिय डेबिट कार्डको सुरुवात गरेको हो । उक्त कार्डको प्रयोग गरी पोइन्ट अफ सेल (पीओएस) मा कारोबार गर्दा पीन राख्नु नपर्ने र कार्डलाई पीओएसमा ट्याप गरेर सजिलै कारोबार गर्न सकिने भएको छ । यस कार्डमार्फत हुने कारोबार छिटो, छरितो र सहज हुने विश्वास बैंकले लिएको छ । 
उक्त कार्डबाट ट्याप एण्ड पे गर्न ट्याउ सुविधायुक्त पीओएसको आवश्यकता पर्दछ । बैंकले हालको पीओएसलाई स्तरोन्नत्ती गरी ट्याप सुविधायुक्त पीओएस उपत्यकाका विभिन्न रेस्टुरेन्ट, सपिङ्गमल आदि ठाउँहरुमा राख्ने कामको थालनी गरिसकेको छ । उक्त कार्ड ट्याप इनेबल्ड पीओएस मा ट्याप मार्फत र अन्य पीओएसमा स्वाप वा इनसर्ट गरी चलाउन सकिने बैंकले जनाएको छ ।
अन्तर्राष्ट्रिय स्तरको सुरक्षा व्यवस्था रहेको उक्त एनएफसी (नियर फिल्ड कम्युनिकेशन टेक्नोलोजी) कन्ट्याक्टलेश कार्डमार्फत हाललाई बिना पीन अधिकतम २ हजार रुपैंयासम्मको कारोबार गर्न सकिने भएको छ भने २ हजार रुपैयाँभन्दा बढीको कारोबार गर्दा पीन जरुरी हुन्छ । हालसम्म बैंकले १ सय ६० एटिएम, १ सय ३९ शाखा, २ हजारभन्दा बढि मर्चेन्ट नेटवर्क र ८ हजार रेमिट्यान्स एजेन्टमार्फत ७ लाख भन्दा बढि ग्राहकहरुलाई स्वदेश तथा विदेशमासमेत बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै