PRABHU BANK

सिटिजन्स बैंक र वन डे थ्रिडी आर्ट रेष्टुरेन्टबीच सम्झौता, ग्राहकहरुले रेष्टुरेन्टमा विशेष छुट पाउने

Citizens Bank
  • बैंकिङ संसार
काठमाडौं । सिटिजन्स बैंक र वन डे थ्रिडी आर्ट रेष्टुरेन्टबीच सम्झौता भएको छ । बैंक र काठमाडौंको कुमारीपाटीस्थित वन डे थ्रिडी आर्ट रेष्टुरेन्टबीच छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो । बैंकका ग्राहकहरुले डेबिट कार्ड तथा मोबाइल बैंकिङमार्फत रेष्टुरेन्टको बिल भुक्तानी गर्दा मात्र रेष्टुरेन्टको सेवा शुल्कमा छुट पाउने भएका छन् ।
उक्त सम्झौता अनुसार बैंकका डेबिट कार्ड/क्रडिट कार्ड/प्रिभिलेज कार्डवाहक, मोबाइल बैंकिङ प्रयोगकताहरु तथा कर्मचारीहरुले वनडे थ्रिडी आट रेष्टुरेन्टका विभिन्न सेवाहरुमा विशेष छुट पाउने भएका छन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । बैंकले हाल १ सय ९ वटा शाखा, ९८ वटा एटीएम र १ सय ७ वटा शाखा रहित बैंकिङ सेवामार्फत ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै