DISH HOME

गभर्नर सिफारिस समितिमा पाण्डे नियुक्त, को बन्छ नयाँ गभर्नर ?

काठमाडौँ। नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि सरकारको सिफारिस समितिमा अर्थविद् डा. पोषराज पाण्डेलाई सदस्यको रूपमा नियुक्त गरिएको छ। यसअघि समितिका सदस्य डा. विश्व पौडेलले गभर्नर बन्ने चर्चाका कारण राजिनामा दिएपछि अर्थमन्त्री विष्णु पौडेलको प्रस्तावमा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले डा. पाण्डेलाई समितिमा समावेश गर्ने निर्णय गरेको हो।

यसअघि सिफारिस समितिमा पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थविद् डा. विश्व पौडेल सदस्य थिए। डा. पौडेलको राजिनामासँगै समितिको संरचना अपूर्ण भएको थियो। अब डा. पाण्डेलाई सदस्य बनाएर समितिको पुनर्गठन गरिएको छ।

समितिले गभर्नर नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गर्नेछ। तीन जनामध्ये कम्तिमा एक जना डेपुटी गभर्नरबाट र अन्य दुई जना आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय वा वाणिज्य कानुनका क्षेत्रमा लब्धप्रतिष्ठित व्यक्तिहरू हुनुपर्ने व्यवस्था छ।

यस प्रक्रियामा डेपुटी गभर्नर नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्रका साथै राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट र डा. प्रकाशकुमार श्रेष्ठको नाम पनि चर्चामा छन्। यस नियुक्तिले राष्ट्र बैंकको नेतृत्वमा नयाँ दिशा र समृद्धि ल्याउने विश्वास गरिएको छ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै