DISH HOME

एनआईसी एशिया लघुवित्तद्वारा गण्डकी र कर्णाली प्रदेशमा वित्तीय साक्षरता तथा व्यवसायिक तालिम कार्यक्रम सम्पन्न

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले गण्डकी प्रदेश अन्तर्गत मगरकोट शाखामा वित्तीय साक्षरता कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। कार्यक्रममा स्थानीय जनप्रतिनिधि टेक नारायण महतो तथा मगरकोट उप-प्रदेश कार्यालयका अनुगमन अधिकृत भुवन राज भट्टको उपस्थितिसहित शाखा प्रमुख गोपाल सुनार र अन्य कर्मचारीहरुको पनि सहभागिता रहेको थियो। करिब ४० जना महिला सदस्यहरूले कार्यक्रममा सक्रिय रूपमा भाग लिएका थिए।

त्यस्तै, बाङ्गेसीमल शाखाले पनि वित्तीय साक्षरता तथा पुनर्ताजगी कार्यक्रम सञ्चालन गरेको छ। कर्णाली प्रदेश प्रमुख नवराज सिंह, उप-प्रदेश कार्यालय बाङ्गेसीमलका अनुगमन अधिकृत गणेश पुन मगर, शाखा कर्मचारीहरू र ५५ जना सदस्यहरूको उपस्थिति रहेको उक्त कार्यक्रम वित्तीय चेतना अभिवृद्धिमा केन्द्रित थियो।

यसैबीच, लघुवित्तको बेस्तडा शाखा, दैलेखले वैशाख २७ देखि २९ गतेसम्म तीनदिने बाख्रापालन आधारभूत तालिम सञ्चालन गरेको छ। तालिममा सहभागी सदस्यहरूले कार्यक्रमबाट व्यवसायिक सिपमा उल्लेखनीय ज्ञान हासिल भएको प्रतिक्रिया दिएका छन्।

उक्त तालिम कार्यक्रममा भगवतीमाई गाउँपालिकाका अध्यक्ष गणेश बहादुर थापा, उपाध्यक्ष मिना कुमारी खड्का, पशु प्राविधिक प्रशिक्षक गणेश राज जोशी, बिनेश परियार लगायतको उपस्थिति रहेको थियो।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै