DISH HOME

मोबाइल बैंकिङ र डिजिटल कारोबारको उकालो यात्रा : प्रयोगकर्ताको संख्या २ करोड ७० लाख नाघ्यो

काठमाडौं । नेपालमा मोबाइल बैंकिङ र डिजिटल भुक्तानी माध्यमप्रति नागरिकको आकर्षण तीव्र रूपमा बढिरहेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको चैत मसान्तसम्मको तथ्यांकले डिजिटल कारोबारको प्रयोग उच्च दरमा वृद्धि भएको देखाउँछ।

चैत मसान्तसम्म मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड ७० लाख १२ हजार २ पुगेको छ। यो अघिल्लो आर्थिक वर्षको अन्त्य (असार मसान्त) मा रहेको २ करोड ४६ लाख ४८ हजार ८४६ को तुलनामा ९.५८ प्रतिशतले बढी हो।

उक्त अवधिमा मोबाइल बैंकिङमार्फत ४ खर्ब ४० अर्ब ४५ करोड रुपैयाँबराबरको कारोबार भएको छ। अघिल्लो वर्षको असारसम्म यो कारोबार ३ खर्ब ७३ अर्ब ९७ करोड रुपैयाँ थियो। यो तथ्यांकले डिजिटल माध्यमबाट हुने कारोबारमा उल्लेखनीय वृद्धि भएको पुष्टि गर्छ।

त्यस्तै, मोबाइल वालेट प्रयोगकर्ताको संख्या पनि निरन्तर बढिरहेको देखिन्छ। चालु आर्थिक वर्षको चैतसम्म वालेट प्रयोगकर्ता २ करोड ६३ लाख ७ हजार पुगेका छन्, जुन अघिल्लो वर्षको असारमा २ करोड ३४ लाख ६१ हजार थिए।

वालेटमार्फत भएको भुक्तानी कारोबार पनि उल्लेख्य रूपमा वृद्धि भएको छ। चालु आवको चैतसम्म ४३ अर्ब ९१ करोड रुपैयाँको कारोबार वालेटबाट गरिएको छ, जुन अघिल्लो वर्षको असारसम्म ३८ अर्ब १४ करोड रुपैयाँ थियो। यसले देखाउँछ कि नेपालमा डिजिटल वित्तीय सेवाको प्रयोग विस्तारै मुख्यधारमा प्रवेश गरिरहेको छ, जसले बैंकिङ पहुँच, सेवा सहजता र पारदर्शितामा महत्वपूर्ण योगदान पुर्‍याइरहेको छ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै