prabhu

गभर्नर सिफारिस समिति अपूर्ण, नयाँ सदस्य नियुक्तिको तयारी तर गभर्नर नियुक्ति अझै अन्योलमा

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि गठित सिफारिस समिति अपूर्ण भएपछि सरकारले समितिमा नयाँ सदस्य नियुक्त गर्ने तयारी गरेको छ। समितिका सदस्य डा। विश्व पौडेलले राजीनामा दिएपछि खाली रहेको पदमा नयाँ नियुक्ति हुन लागेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार आह्वान गरेको मन्त्रिपरिषद् बैठकमा उक्त नियुक्ति हुने सम्भावना रहेको स्रोतले जनाएको छ। तर सो बैठकबाट गभर्नरको नाम टुंगो लाग्ने सम्भावना भने न्यून छ। स्रोतका अनुसार, ‘सिफारिस समिति नै अपूर्ण हुँदा गभर्नर नियुक्ति सम्भव छैन, मन्त्रिपरिषद्ले पहिले समिति पूर्ति गर्नेछ।’

यसअघि समितिका सदस्य रहेका पूर्व गभर्नर विजयनाथ भट्टराईले पनि राजनीतिक हस्तक्षेपका कारण राजीनामा दिएका थिए। त्यसपछि उनको स्थानमा अर्का पूर्व गभर्नर महाप्रसाद अधिकारीलाई सदस्य बनाइएको थियो। तर केही दिनअघि गभर्नर बन्ने चर्चा चलिरहेका डा। विश्व पौडेलले समेत राजीनामा दिएपछि समिति फेरि अपूर्ण भएको हो। सरकारले पौडेलको स्थानमा नयाँ सदस्य ल्याउने तयारी गरिरहेको छ। सोमबार सार्वजनिक बिदा परेपछि बुधबार बस्ने मन्त्रिपरिषद् बैठकमा यसबारे निर्णय हुने बताइएको छ।

यता गभर्नर नियुक्तिको विषय भने अझै टुंगोमा पुगेको छैन। केही समयअघि कांग्रेस र एमालेबीच डा। विश्व पौडेललाई गभर्नर बनाउने सहमति भएको चर्चा चले पनि, सर्वोच्च अदालतमा उनलाई अयोग्य ठहर गर्दै रिट दायर भएपछि प्रक्रिया थप जटिल र अन्योलपूर्ण बनेको छ। रिटमा पौडेलले कांग्रेसबाट चितवनमा चुनाव हारेको र राष्ट्र बैंक ऐन, २०५८ को दफा २१ (क) अनुसार गभर्नर बन्न अयोग्य रहेको दाबी गरिएको छ। यसले गर्दा गभर्नर नियुक्तिको प्रक्रिया तत्काल अघि बढ्ने सम्भावना कम देखिएको छ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै