पिताम्बर खड्काले देह त्याग गरेपछि बल्ल खुल्यो राष्ट्र बैंकको आँखा, अव जवर्जस्ती काममा ‘लदाउन’ नपाउने, ओभरटाइमको थप पैसा !

काठमाडौँ । ग्लोबल आईएमई बैंकका कर्मचारी पिताम्बर खड्काले बैंकले दिएको प्रेसरका कारण देह त्याग गरेपछि राष्ट्र बैंकको आँखा बल्ल खुलेको छ । बर्षौंदेखि बैंकका कर्मचारीमाथि भईरहेको श्रम शोषण बन्द हुनेगरी अव राष्ट्र बैंकले बिदाको दिन जवर्जस्ती बैंकमा बोलाउन नपाउने र बोलाए त्यसको छुट्टै पैसा दिनुपर्नेगरी निर्देशन जारी गरेको छ ।
अव बैंक तथा वित्तीय संस्थाहरुले एक त, जवर्जस्ती बिदाको दिन काममा बोलाउन पाउने छैन । मलाई थप पैसा चाहिन्न, म बिदाको दिन काममा आउँदिन भन्न अव कर्मचारीले पाउँछन् । यसअघि बैंकरहरुलाई यस्तो सुविधा थिएन । अव बिदाको दिन आएको पनि छुट्टै पैसा भुक्तानी गर्नुपर्ने भएको छ । यसअघि यो सुविधा पनि थिएन ।
राष्ट्र बैंकको निर्देशनपछि बैंकरहरु खुसी भएका छन् ।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै