५३ वर्षीय प्रणव बैंकिङ कसुर मुद्दामा पक्राउ

काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। काठमाडौँ महानगरपालिका २२ बस्ने ५३ वर्षीय प्रणव लाल सिंह शुक्रबार प्रहरीले पक्राउ परेका हुन् ।

जिल्ला अदालत काठमाडौँबाट उक्त मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका १३ छाउनीबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि प्रहरी वृत्त जनसेवा काठमाडौँ पठाइएको छ ।

 

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै