PRABHU BANK

सिद्धार्थ बैंकको १९औं वार्षिक साधारणसभा सम्पन्न, प्रस्तावित १५ प्रतिशत लाभांश पारित

Siddhartha Bank
  • बैंकिङ संसार
काठमाडौं । सिद्धार्थ बैंकको १९औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको सभा माघ १६ गते शुक्रबार काठमाडौं बालुवाटारस्थित आम्रपाली बैङक्वेटमा बैंकका अध्यक्ष मनोज कुमार केडियाको अध्यक्षतामा सम्पन्न भएको हो ।
सभाले बैंकको प्रस्तावित १५ प्रतिशत लाभांश पारित गरेको छ । माघ १६ गते सम्पन्न बैंकको १९औं वार्षिक साधारणसभाले १२ प्रतिशत बोनस र ३ प्रतिशत नगद गरी सो मात्राको लाभांश पारित गरेको हो । यससँगै सेयरधनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको सो मात्राको लाभांश पाउने भएका छन् । ९ अर्व ७८ करोड रूपैयाँ रहेको बैंकको चुक्ता पुँजी १२ प्रतिशत बोनसपछि १० अर्व ९५ करोड रूपैयाँ पुगेको छ ।
साथै बैंकको १९औं वार्षिक साधारणसभामा भएको निर्वाचनबाट संचालक समितिमा संस्थापक सेयरधनी समूहको तर्फबाट मनोज कुमार केडिया, नरेन्द्र कुमार अग्रवाल र राहुल अग्रवाल निर्विरोध निर्वाचित भएका छन् । यसैगरी सर्वसाधारण सेयरधनी समूहको तर्फबाट दिनेश शंकर पालिखे र अंकित केडिया निर्विरोध निर्वाचित भएका छन् । कोभिड-१९ महामारीको जोखिम कायमै रहेको अवस्थालाई मध्यनजर गर्दै यस बैंकको वार्षिक साधारणसभा भर्चुअल माध्यममार्फत सम्पन्न गरिएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै