prabhu

सिदार्थ बैंकले ल्यायो नयाँ सुविधा,अनलाइनबाटै डेबिट कार्डको लागि आवेदन दिन सकिने

Siddhartha Bank
  • बैंकिङ संसार

काठमाडौं । सिदार्थ बैंकले नयाँ सुविधा ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरुका लागि अनलाईन मार्फत डेविड कार्डको आवेदन दिन सक्ने नयाँ सुविधा ल्याएको हो।योसँगै अब नयाँ डेबिट कार्ड लिनुपरेमा, नविकरण गर्नुपरेमा वा हराएको र बिग्रिएको कार्डको सट्टामा नयाँ बनाउन परेमा ग्राहकहरुले भौतिक रुपमा बैंकसम्म उपस्थित नभई घरैबाट डेबिट कार्डका लागि आवेदन दिन सक्ने भएका छन् ।

यसका लागि ग्राहकहरुले बैंकको वेबसाइटमा गई आवश्यक विवरण भरी सहज रुपमा अनलाईन मार्फत आवेदन दिन सक्नेछन् ।कार्ड तयार भईसके पश्चात बैंकले ग्राहकहरुलाई कार्ड संकलन गर्न एसएमएस मार्फत जानकारी दिइने बैंकले जनाएको छ । ग्राहकहरुले आवेदन दिँदा कार्ड संकलन गर्न छनोट गरिएको शाखाबाट डेबिट कार्ड संकलन गर्न सक्नेछन् ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै