prabhu

सिटिजन्स बैंक र म्यानेजमेन्ट एशोसिएशन अफ नेपालबीच सम्झौता, विद्यार्थीलाई सम्मान गर्ने र प्रोत्साहन दिने उद्देश्य

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र म्यानेजमेन्ट एशोसिएशन अफ नेपाल(म्यान) बीच ‘म्यान-सिटिजन्स एस्पिरिङ म्यानेजर अवार्ड’ स्थापना गर्ने सहमति भएको छ । यो अवार्ड व्यवस्थापन संकायमा अध्ययनरत एमबीए विद्यार्थीहरूलाई उत्कृष्टताको आधारमा सम्मान र प्रोत्साहन गर्न प्रदान गरिनेछ।

म्यानको कार्यालयमा आयोजित कार्यक्रममा सम्झौतापत्रमा सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल र म्यानका अध्यक्ष मोहनराज ओझाले हस्ताक्षर गरेका हुन् ।

उक्त अवार्ड पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत एमबीए तहमा उत्कृष्टता हासिल गर्ने एक विद्यार्थीलाई प्रत्येक वर्ष प्रदान गरिनेछ, जसको राशी ५१ हजार रुपैयाँ हुनेछ । सिटिजन्स बैंकले पुरस्कारको प्रायोजन गर्नेछ र वार्षिक रूपमा आवश्यक रकम उपलब्ध गराउनेछ।

अवार्ड विजेता चयनका लागि सिटिजन्स बैंक, म्यान र पूर्वाञ्चल विश्वविद्यालयका प्रतिनिधिहरूको संयुक्त समिति गठन गरिनेछ। पुरस्कार प्रत्येक वर्ष माघ महिनामा म्यानको वार्षिक म्यानेजमेन्ट कन्भेन्सनमा प्रदान गरिनेछ।

हाल सिटिजन्स बैंकले ६१ जिल्लामा फैलिएका २०० शाखा, १६८ एटीएम, ३ विस्तारित काउन्टर र ७४ शाखारहित बैंकिङ इकाइमार्फत करिब १८ लाख ८६ हजार ग्राहकलाई सेवा दिइरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

Shangrila Dev Bank
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै