केबलकार आन्दोलनले बाइकटको प्रभाव: बिजनेश नभएपछि ग्लोबल आइएमई बैंकले एकैपटक बन्द गर्यो १९ शाखा

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले एकसाथ १९ वटा शाखारहित बैंकिङ सेवा बन्द गरेको छ । बैंकले नेपाल राष्ट्र बैंकबाट पूर्वस्वीकृति लिएर बागमती प्रदेशका १४ र गण्डकी प्रदेशका ५ स्थानमा सञ्चालित शाखारहित सेवा स्थगित गरेको हो।

बन्द गरिएका सेवामध्ये सबैभन्दा पुरानो शाखा इन्द्रसरोवर गाउँपालिका-२, देउरालीमा रहेको थियो, जुन २०७० साल मंसिर महिनादेखि सञ्चालनमा थियो । यस्तै, सबैभन्दा नयाँ शाखा भने लिखु गाउँपालिका-४, चौघडामा रहेको थियो, जुन २०७८ माघदेखि मात्रै सञ्चालनमा आएको हो।

बैंकले यी सेवा किन बन्द गर्‍यो भन्ने विषयमा भने विस्तृत जानकारी सार्वजनिक गरिसकेको छैन।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै