काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ४ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा २५.६२ प्रतिशतले बढी हो । गत वर्ष यस अवधिमा संस्थाले ३ करोड २२ लाख रुपैयाँ नाफा कमाएको थियो ।
यस अवधिमा संस्थाको खुद ब्याज आम्दानी १९ करोड ४० लाख रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्षको २५ करोड ८२ लाख रुपैयाँको तुलनामा कम हो । यद्यपि, अन्य सूचकमा सुधार देखिएको छ। इम्पेयरमेन्ट चार्ज ६ करोड ४ लाख रुपैयाँ कायम भएको छ।
संस्थाको वितरणयोग्य नाफा भने ३०२ प्रतिशतले वृद्धि भएर उल्लेख्य सुधार देखिएको छ। लघुवित्तको चुक्ता पुँजी हाल ३६ करोड ९९ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३० करोड ४२ लाख रुपैयाँ छ।
प्रतिसेयर वार्षिक आम्दानी १४.६२ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १९४.५१ रुपैयाँ रहेको छ। संस्थाको गैर-सञ्चलनशील कर्जा (एनपीएल) ४.९६ प्रतिशत पुगेको छ।