prabhu

नेपाल लाइफको मनपरी (भाग १): झुक्याएर बीमा गर्ने मेनेजर पक्राउ, हदैसम्मको बदमासीको खुल्यो पोल !

काठमाडौँ। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शाखा कार्यालय विराटनगरका मेनेजर सन्तोष अधिकारी पक्राउ परेका छन् । बीमा कम्पनीका मेनेजर पीडितले पाउनु पर्ने रकम कट्टा गरेर नयाँ बीमा कामय गरेको आरोपमा पक्राउ परेका हुन्।

उनले बीमाको ज्ञान नभएका दावीकर्तालाई झुक्याएर ठगी गरेका हुन्। मोरङको केराबारी गाउँपालिका ९ की भीमकुमारी विश्वकर्माले जिल्ला प्रशासन कार्यालयमा दिएको उजुरीका आधारमा प्रहरीले बीमा कम्पनी सन नेपाल लाइफ इन्स्योरेन्सका मेनेजरलाई नियन्त्रणमा लिएको हो।

भीम कुमारीका श्रीमान् नईन्द्र विश्वकर्मा वैदेशिक रोजगारीका लागि सन् २०८० मा बहराइन गएका थिए। त्यहाँ उनको २०८१ सालमा मृगौला रोगका कारण मृत्यु भएको थियो। सो घटनापछि उनकी पत्नी भीमकुमारीले वैदेशिक रोजगार म्यादी बीमा अन्तर्गत बीमा रकम १३ लाख रुपैयाँ पाउने थिइन्।

भीमकुमारी बीमा भुक्तानीका लागि विराटनगरस्थित बीमा कम्पनीको कार्यालय पुग्दा त्यहाँका मेनेजर अधिकारीले ग्लोबल आइएमई बैंकमा खाता खोल्न लगाए। ती खाताहरू भीमकुमारी, मृतकका भदा प्रतिक विश्वकर्मा र जेठी श्रीमती मिरा विश्वकर्माको नाममा खोलिएको पाइएको छ।

बीमा रकम भुक्तानीका लागि आवश्यक कागजातमा सही छाप गराउने बहानामा अधिकारीले उनीहरूलाई हस्ताक्षर गराएका थिए। त्यसपछि प्राप्त रकममध्ये ५ लाख ७६ हजार मात्रै भीमकुमारीलाई दिइएको र बाँकी ६ लाख ४४ हजार १७८ रुपैयाँ ग्लोबल आइएमई बैंकमा फिक्स डिपोजिट गरिएको प्रहरी अनुसन्धानले देखाएको छ।

त्यस्तै, भीमकुमारीका नाममा वार्षिक ७० हजार भदा प्रतिकका नाममा वार्षिक ५१ हजार र मिरा विश्वकर्माका नाममा वार्षिक ७० हजार रुपैयाँको प्रिमियम बुझाउनु पर्ने गरी बीमा खाता खोलिएको खुलेको छ। तर, पीडितले नयाँ बीमा नगर्न चाहँदासमेत किन गरिएको भन्ने प्रश्नमा अधिकारीले जवाफ नदिएको र यही शंकाका आधारमा अनुसन्धान अघि बढाइएको जनाइएको छ।

Shangrila Dev Bank
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै