DISH HOME

मुद्दति निक्षेपमा २० करोड लगानी गर्दै राष्ट्र बैंक, बैंकहरुलाई वैशाख २८ गतेसम्म आवेदन दिन आग्रह

काठमाडौँ।  नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ। राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको २० करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्ने भएकाे हाे ।

राष्ट्र बैंकले वाणिज्य बैंकमा १६ करोड रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा ३ करोड रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा १ करोड रुपैयाँ लगानी गर्ने भएकाे छ ।

यो रकम ३६६ दिनका लागि मुद्दति निक्षेपका रुपमा जम्मा गरिने राष्ट्र बैंकले जनाएको छ । साथै, यसरी राखिएको मुद्दती निक्षेपको ब्याज बैंक तथा वित्तीय संस्थाले मासिक रुपमा भुक्तानी गर्नुपर्नेछ।

इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले वैशाख २८ गतेसम्म उचित ब्याजदर प्रस्ताव गरी दरखास्त आह्वान गर्न सक्नेछन् ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै