prabhu

अभियान लघुवित्त २ करोड नाफामा, अघिल्लो वर्ष घाटामा रहेको कम्पनीले सुधारको संकेत दियो

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको यही अवधिमा कम्पनीले २ करोड २३ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।

एक वर्षको अवधिमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा उल्लेख्य वृद्धि भएपछि खुद नाफामा पनि सुधार देखिएको हो। यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ८८.०७ प्रतिशतले बढेर ११ करोड ३ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष ५ करोड ८७ लाख रुपैयाँ थियो।

सञ्चालन नाफा पनि सकारात्मक भएको छ। यस त्रैमासमा अभियानले ३ करोड १७ लाख रुपैयाँ सञ्चालन नाफा कमाएको छ, जबकि अघिल्लो वर्षको सोही अवधिमा २ करोड २३ लाख रुपैयाँ सञ्चालन घाटा रहेको थियो।

चैत मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी  १२ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ ११६ रुपैयाँ ३ पैसा पुगेको छ। अभियान लघुवित्तको हालको चुक्ता पुँजी २५ करोड रुपैयाँ छ र जगेडा कोषमा ९ करोड ९८ लाख रुपैयाँ रहेको छ।

Shangrila Dev Bank
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै