DISH HOME

राष्ट्रिय वाणिज्य बैंक घोटाका तीन कर्मचारीविरुद्ध सर्वोच्चमा मुद्दा पुनरावेदन, खातावालाको नाम परिवर्तन गरेर ५ लाख बढी हिनामिना

काठमाडौँ। राष्ट्रिय वाणिज्य बैंक इनरुवा शाखाका सहायक प्रबन्धक तारणीप्रसाद खतिवडा सहित तीनजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा मुद्दा पुनरावेदन गरेको छ।

बैंकमा खातावालाको नाम नै परिवर्तन गरेर रकम हिनामिना गरेको आरोप लागेका राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीविरुद्धको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त मुद्दा सर्वोच्चमा पुनरावेदन गरेको हो ।

उक्त मुद्दामा राष्ट्रिय वाणिज्य बैंकको सुनसरीस्थित इनरुवा शाखा कार्यलयका सहायक प्रबन्धक तारणीप्रसाद खतिवडा, सिद्धिनाथ लाल दास र मनोजकुमार चौधरीलाई प्रतिवादी बनाइएको छ ।

उनीहरुले बैंकमा खातावालाको नाम नै परिवर्तन गरेर ५ लाख ६० हजार हिनामिना गरेका थिए ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै