DISH HOME

गणपति लघुवित्तको नाफामा उल्लेख्य वृद्धि, प्रति सेयर आम्दानी पनि उकालो

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासमा नाफामा उल्लेख्य वृद्धि हासिल गरेको छ । त्रैमासिक विवरण अनुसार कम्पनीको खुद नाफा १७१.७१ प्रतिशतले बढेर २ करोड ३३ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो नाफा ८५ लाख ७९ हजार रुपैयाँ मात्र थियो ।

नाफामा देखिएको यो तीव्र वृद्धिको प्रमुख कारण कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफाको उल्लेखनीय सुधार हो । एक वर्षको अवधिमा खुद ब्याज आम्दानी ५४.१८ प्रतिशतले बढेर १२ करोड १ लाख ११ हजार रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष ७ करोड ७९ लाख ८ हजार रुपैयाँ थियो।

त्यस्तै, सञ्चालन नाफा पनि १७१.७३ प्रतिशतले वृद्धि भई ३ करोड ३३ लाख रुपैयाँ पुगेको छ। नाफा वृद्धिसँगै प्रति सेयर आम्दानी (EPS) मा समेत उल्लेखनीय सुधार देखिएको छ। EPS अघिल्लो वर्षको तुलनामा १२ रुपैयाँ ९६ पैसाले बढेर २० रुपैयाँ ५१ पैसा पुगेको छ।

संस्थाको प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ ८० पैसा रहेको छ भने हालसम्मको चुक्ता पुँजी १५ करोड १५ लाख ५४ हजार रुपैयाँ पुगेको छ । नाफा र EPS दुवैमा भएको मजबुत सुधारले लगानीकर्ताको आकर्षण बढाउने देखिएको छ। तर, दीर्घकालीन स्थायित्वका लागि ऋण जोखिम व्यवस्थापन तथा सञ्चालन खर्च नियन्त्रणमा थप ध्यान दिनुपर्ने देखिन्छ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै