prabhu

धौलागिरी लघुवित्त नाफामा फर्कियो, प्रति सेयर आम्दानीसमेत सुधार

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्म आइपुग्दा नाफामा उल्लेखनीय सुधार गरेको छ । कम्पनीले ५२ लाख ५६ हजार रुपैयाँ खुद नाफा कमाएको छ, जबकि अघिल्लो वर्षको सोही अवधिमा ४ करोड ९३ लाख रुपैयाँ घाटामा थियो।

नाफा वृद्धि प्रमुख रूपमा खुद ब्याज आम्दानी र सञ्चालन आम्दानीको बृद्धिका कारण भएको हो। यो अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १४७.११ प्रतिशतले वृद्धि भई ९ करोड ७० लाख रुपैयाँ पुगेको छ। साथै, कम्पनीले ५२ लाख ५६ हजार रुपैयाँ सञ्चालन नाफा पनि कमाएको छ, जुन अघिल्लो वर्ष ४ करोड ९३ लाख रुपैयाँको घाटामा थियो।

नाफा वृद्धिसँगै प्रति सेयर आम्दानीमा पनि सुधार देखिएको छ। चैत मसान्तसम्म धौलागिरीको वार्षिक EPS ३ रुपैयाँ ९५ पैसा पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ऋणात्मक ३७ रुपैयाँ ०७ पैसा थियो।

हाल कम्पनीको प्रतिसेयर नेटवर्थ ८९ रुपैयाँ २२ पैसा रहेको छ, जसले वित्तीय स्थितिमा सुधारको सङ्केत गर्दछ। धौलागिरी लघुवित्त घाटाबाट नाफातर्फ फर्किएको यो मोडलाई लगानीकर्ताहरूका लागि सकारात्मक संकेतका रूपमा हेरिएको छ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै