काठमाडौँ। बैंकमा जागिर खान चाहनेहरुका लागि ज्योति विकास बैंकले रोजगारी खुलाएको छ । बैंकले काठमाडौँ उपत्यका भित्र रहेका शाखाहरूको लागि शाखा प्रबन्धकदेखि वरिष्ठ अधिकृत पदसम्म रोजगारी खुलाएको हो ।
आवेदन दिने व्यक्तिले मान्यता प्राप्त विश्वविद्यालयबाट व्यवस्थापन, अर्थशास्त्र, वा सम्बन्धित क्षेत्रमा कम्तिमा दोस्रो श्रेणीमा स्नातक डिग्री हासिल गरेको, कम्तिमा दोस्रो श्रेणीमा अंक हासिल गरेको हुनुपर्ने बैंकले जनाएको छ।
साथै, ५ वर्षको अनुभव वा सुपरिवेक्षक स्तरमा ३ वर्षको कार्य गरेको अनुभव भएकालाई बढी प्राथमिकता दिइने बैंकले जनाएको छ ।
इच्छुक तथा योग्यता पुगेका नेपालि नागरिकहरुले जेठ ५ गतेभित्र आवेदन दिन सक्नेछन् । बैंकका अनुसार आवेदन अनलाइनमार्फत दिन सकिनेछ।