PRABHU BANK

सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुमन शर्मा नियुक्त, वित्तीय क्षेत्रमा २२ वर्षभन्दा बढीको अनुभव

sunrise bank
  • बैंकिङ संसार
काठमाडौं । सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सुमन शर्मा नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिले शर्मालाई बुधबार बैंकको सीईओमा नियुक्त गरेको हो । उनलाई सञ्चालक समितिले ४ वर्षका लागि नियुक्त गरेको हो ।
बैंकका निवर्तमान सीईओ जनक शर्मा पौडेलले मंगलबार दिएको राजीनामा स्वीकृत भएलगत्तै उनी बैंकका सीईओका रुपमा नियुक्त भएका हुन् । यसअघि माछापुच्छ्रे बैंकको सीईओको जिम्मेवारी सम्हालिसकेका छन् । साथै ग्लोबल आईएमइ बैंक, एनएमबि बैंक, नेपाल एसबीआई बैंक लगायतका कम्पनीमा पनि काम गरेका छन् । शर्मासँग बैंक तथा वित्तीय क्षेत्रमा २२ वर्षभन्दा बढीको अनुभव छ ।
शर्मा कुशल व्यवस्थापकका रुपमा र कर्जा व्यवस्थापन तथा जोखिम व्यवस्थापनमा उच्च ज्ञान भएका बैंकरका रुपमा पनि परिचित छन् । एमबिएको गोल्डमेडलिस्टसमेत रहेका शर्माले नेदरल्याण्डबाट वित्त तथा लेखा विषयमा स्नातकोत्तर गरेका हुन् । साथै उनले अर्थशास्त्र र भौतिकशास्त्र विषयमा पनि स्नातकोत्तर हासिल गरेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै