काठमाडौँ । यौन दुर्व्यवहार प्रकरणमा मुछिएका बैंकका कम्पनी सचिव दिपेन कार्कीलाई प्रहरीसम्मै पुगेर सहयोग गरेको आरोप लागेका रञ्जन खड्कालाई एनआईसी एशिया बैंकले सूचना अधिकारीको जिम्मेवारीबाट हटाएको छ । बैंकका तत्कालीन सूचना अधिकारी अर्जुन खनियाँ देश बाहिर गएका बेला खनियाँले बैंक छोडेको हल्लालाई बल पुग्नेगरी सुटुक्क सूचना अधिकारी बनाइएका खड्का जिम्मेवारीबाट हटाइएका हुन् । अहिले खड्काको स्थानमा पुन: अर्जुन खनियाँ आएका छन् ।
यता बैंकले ब्राण्ड एण्ड कर्पोरेट कम्युनिकेसनका प्रमुखसमेत परिवर्तन गरेको छ । सरोज भट्टराईको ठाउँमा आएका योगेन्द्र न्यौपानेले काम गर्न नसकेपछि उनको ठाउँमा बैंकले धिरेन्द्र वाग्लेलाई सो विभागको प्रमुख बनाइएको छ । जवकि वाग्ले पनि केहि महिनाका लागि मात्र बैंकको सो पदमा राखिएको बैंक स्रोतको दाबी छ ।
बैंकले काम नगर्ने-गर्न नसक्ने वा कमजोर पर्फर्मेन्स भएकाहरुलाई सरुवा गर्ने नीति लिए पनि यौन दुर्व्यवहारको आरोप लागेका दिपेन कार्कीलाई भने बैंकले कतै पनि हटाएको छैन । उनलाई कतै सरुवा गरिदिए उनले अन्य केहि बैंकका अधिकारीका काण्डहरुको पनि पोल खोलिदिने धम्की दिएका कारण उनलाई सो पदबाट नहटाएको बैंक स्रोतको दाबी छ । यद्यपी उनलाई यस विषयमा बुझ्न सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहिरहेका छैनन् ।
भर्खर कार्यालय आएर होला, बैंकका सूचना अधिकारी अर्जुन खनियाँलेसमेत फोन उठाउन भ्याएका छैनन् ।
यो पनि हेर्नुहोस्:
https://bankingsansar.com/news/17908
एनआईसीमा अर्जुन खनियाँको ठाउँमा किन रञ्जन खड्का ? खनियाँले बैंक छोडेका हुन् ?