काठमाडौँ । सबै कागजात पूरा गर्दा पनि एनआईसी एशिया बैंकले कम्पनीको खाता खोल्न नै ७ दिन लाग्छ भनेपछि परेको उजुरीउपर कार्वाहि गर्दै नियामक नेपाल राष्ट्र बैंकले एनआईसी एशिया बैंकलाई सो हुनुको कारणबारे जानकारी दिन र समस्या सुल्झाउन निर्देशन दिएको छ ।
डिजिटल युगमा केही समयभित्रै खाता खोल्नुपर्नेमा एउटा खाता खोल्न नै ७ दिन लाग्छ भन्ने जवाफ आएपछि राष्ट्र बैंकमा यस विषयमा उजुरी परेको थियो ।
यता उजुरीपछि आएको राष्ट्र बैंकको पत्रलाई जवाफ पठाउँदा भने एनआईसीले चरम चलाखी गरेको छ । नियामकको पत्र आउने बित्तिकै तुरुन्त खाता खोलिदिएर बैंकले सो खाता खुलिसकेको भन्दै राष्ट्र बैंक र उजुरीकर्तालाई जवाफ पठाएको छ । बैंकले सो काम गरेपछी बैंकका कर्मचारीले अन्य ग्राहकलाई पनि राष्ट्र बैंकमा उजुरी गरे काम छिटो हुन्छ भन्न थालेका छन् । जवकी एउटा खाता खोलिनु सार्है सामान्य कुरा हो ।
बित्तीय सूचांकहरुमा दिनानुदिन कमजोर भईरहेको एनआईसी पछिल्लो समय कमजोर सेवाका कारण पनि बदनाम भईरहेको छ । तर आफ्नो कमजोरी लुकाउन र ग्राहक तथा अन्य सरोकारवालाहरुको ध्यान मोड्न बैंकले कहिले सिइओको राजिनामाको हल्ला चलाउने गरेको छ, त कहिले विभिन्न प्रायोजित समाचारमा पैसा खर्च गर्ने गरेको छ ।