PRABHU BANK

एनआईसीमा अर्जुन खनियाँको ठाउँमा किन रञ्जन खड्का ? खनियाँले बैंक छोडेका हुन् ?

काठमाडौँ । एनआईसी एशिया बैंकका सूचना अधिकारी अर्जुन खनियाँको जिम्मेवारी एकाएक रंजन खड्कालाई दिएको पाइएको छ । बैंकले आफ्नो वेव साइटमैसमेत बैंकको सूचना अधिकारी तथा प्रमुख गुनासो अधिकृतमा बैंकका एसीइओ रञ्जन खड्काको नाम राखेको छ ।

आखिर किन यस्तो गरियो ? कतै केही समय अगाडी हल्ला चलेजस्तो खनियाँले बैंक त छोडेनन् ? वा केहि समय अझ ठुलो हल्ला चलेको थियो- बैंकका सिइओले बैंक छोडेपछि काम गर्न भनेर फिनटेक कम्पनी संचालनको तयारी गरेका छन् र त्यसका लागि कहिले कसलाई कहिले कसलाई अमेरिका पठाईरहन्छन् । कतै यहि चर्चा चलेजस्तो खनियाँ अमेरिका गएका त होइनन् ? 

बैंकले यस्तो जिम्मेवारी हेरफेर गर्दा निमित्तको ट्याग लगाउनुपर्ने हो । तर बैंकले त्यसो समेत गरेको छैन ।

यस विषयमा रंजन खड्का बोल्दैनन् । उनी खनियाँजस्तो मिडियालाई रेस्पोन्स पनि गर्दैनन् । पत्रकार भनेपछि त झन् हत्तपत्त बोल्दै बोल्दैनन् । सेन्चुरी कमर्सियल बैंकजस्तो झुर बैंकको स्कुलिङ्गपछि एनआईसी एशिया आएका उनको सम्बन्ध धेरै मिडियाकर्मीसँग सेन्चुरी हुँदादेखि नै राम्रो छैन । तर उनलाई बैंकले सूचना अधिकारीको जिम्मा दिएको छ । सुरुमा फोन उठाए पनि उनी कुरा सुनेपछि फोन काट्छन् र रेस्पोन्स गर्दैनन् ।

हामीले खनियाँको ठाउँमा तपाईं कसरी ? भन्ने जिज्ञासा राख्न खोज्दा पनि उनले यसै गरे । प्रश्न सुने, जवाफ दिनुपर्ने बेला फोन काटे ।

बैंकमा खनियाँ अमेरिका गएको गाइगुई छ । बैङ्कको कर्पोरेट कम्युनिकेसनमा काम गरेका एक कर्मचारीले पनि उनी अमेरिका गएको दाबी गरे । ‘निजी कामले हो वा सीइओ सरको कामले हो वा बैंकको कामले थाहा भएन । तर उहाँ युएस हुनुहुन्छ ।’ ती कर्मचारीले बैंकिङ संसार डटकमसँग भने ।

खनियाँ बिगत लामो समयदेखि एनआईसी एशियामा काम गरिरहेका अब्बल कर्मचारी मानिन्छन् । बैंकलाई निकै अफ्ट्यारो पर्दा पनि उनकै व्यवस्थापकीय क्षमताका कारण बैंक डुब्नबाट जोगिएको चर्चा स्वयम् राष्ट्र बैंकमा हुने गरेको छ । सायद उनी अमेरिका भएर नै होला, खनियाँको फोन भने अफ छ । खनियाँसँग सम्पर्क हुनेबित्तिकै हामी यस विषयमा फलोअप गर्नेछौँ । तर सूचना अधिकारी भन्ने तर सूचना नै नदिने, फोन उठाएर काटिहालने खड्काको रबैयाले बैंक कुनै पनि बेला दुर्घटनामा जान सक्छ भन्ने संकेत भने प्रष्ट पारेको छ ।                   

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै