PRABHU BANK

कोरोना प्रभावित ऋणीलाई नेपाल राष्ट्र बैंकको राहत, बैंकहरुले कालोसूचीको सूचना प्रकाशन गर्न नपाउने

Nepal Rastra Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल राष्ट्र बैंकले कोरोना भाइरस प्रभावित बैंकका ऋणीहरुका लागि राहतको घोषणा गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै त्यस्ता ऋणीका लागि थप राहतको घोषणा गरेका हुन् । उनले कोरोना प्रभावित भएको भन्दै ऋण नतिरी र कर्जाको पुनर्तालिकिकरण पनि नगरी बस्ने व्यवसायीलाई नेपाल राष्ट्र बैंकले थप सुविधा दिने व्यवस्था गरेको हो ।
नयाँ व्यवस्था अनुसार बैंकहरुले कोरोना माहामारीले ऋण तिर्न नसकेकाहरुको धितो लिलामका र कालोसूचीको सूचना प्रकाशन गर्न नपाउने भएका छन् । मौद्रिक नीतिको समिक्षामा कोरोना प्रभावित ऋणीको छ महिना भन्दा बढीको ऋण बाकी नरहेको अवस्थामा त्यस्तालाई धितो लिलामी र कालोसूचीमा राख्ने काम २०७८ असार मसान्तसम्मका लागि स्थगन गरेको उल्लेख छ । ०७८ असार मसान्तसम्ममा बक्यौता ब्याजको ५ प्रतिशत तिरेर कर्जाको पुनर्तालिकिकरण गर्न सकिने र ०७६ पुस मसान्तसम्म असल ऋणीका रुपमा रहेका ऋणीहरुलाई राष्ट्र बैंकले ०७७ पुस मसान्तसम्म १० प्रतिशत बक्यौता ब्याज तिरेर पुनर्तालिकिकरण गर्न पाउने व्यवस्था गरेको गभर्नर अधिकारीले बताए ।
असार मसान्तसम्म ऋणीले चाहेमा ऋणको पुर्नतालिकरण तथा पुनरसंरचना गर्न पाउने व्यवस्था गरेको पनि उनले बताए । तर ऋणीले यो अवधिमा पनि ५ प्रतिशत व्याज भने तिरीनै रहनुपर्ने उनको भनाइ छ । राष्ट्र बैंकले गत साउन २ गते जारी गरेको मौद्रिक नीतिमा कुल व्याजको १० प्रतिशत भुक्तानी गर्नु पर्ने ब्यवस्था गरेको थियो । तर अब भने ५ प्रतिशतको व्यवस्था गरिको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै