prabhu

गभर्नर नियुक्ति विवादमा सुनुवाइ आइतबार हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिसम्बन्धी विवादमा अब आइतबार मात्रै सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ। लगातार चार दिनसम्म ‘हेर्न नभ्याइने’ सूचीमा परेको यो मुद्दा अन्ततः आइतबारको पेशीमा परेको हो।

सर्वोच्च अदालतले बिहीबार र शुक्रबार बन्दी प्रत्यक्षीकरण तथा अति जरुरी प्रकृतिका रिटबाहेक अन्य मुद्दाहरूमा सुनुवाइ नगर्ने निर्णय गरेकाले यो विवाद आइतबारसम्म स्थगित भएको हो।

गभर्नर नियुक्तिसम्बन्धी रिट र पूरक निवेदन गत वैशाख ५ गते दर्ता गरिएको थियो। अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नर पदका लागि योग्य नरहेको दाबी गर्दै पूरक निवेदन पेस गरेका थिए ।

यस विवादले गभर्नर नियुक्ति प्रक्रिया र पात्रताको मापदण्डसम्बन्धी प्रश्नसमेत उठाएको छ । अब अदालतको आइतबारको सुनुवाइले यो विषयमा थप स्पष्टता ल्याउने अपेक्षा गरिएको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै