PRABHU BANK

महालक्ष्मी विकास बैंकको विद्यालय भवन बनाउन बाल सारथीलाई आर्थिक सहयोग

Mahalaxmi Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । महालक्ष्मी विकास बैंकले बाल सारथीलाई आर्थिक सहयोग गरेको छ । बैंकले काठमाडौं महानगरपालिका वडा नं. ८ जयबागेश्वरीमा रहेको बाल सारथीलाई ५ लाख आर्थिक सहयोग गरेको हो । बैंकले अनाथ तथा विपन्न वर्गका बालबालिकाहरुलाई शिक्षाको अवसर प्रदान गर्दै आईरहेको संस्थालाई विद्यालय भवन निर्माण गर्न आर्थिक सहयोग गरेको हो ।
बिहिबार बाल सारथीको कार्यालयमा सम्पन्न कार्यक्रममा बैंकको बजार व्यवस्थापन विभागकी प्रमुख दिपान्जली खकुरेलले संस्थाकी अध्यक्ष अस्मिता सुमार्गीलाई ५ लाखको चेक हस्तान्तरण गरेका हुन् । उक्त अवसरमा खकुरेलले संस्थामा अध्ययनरत बालबालीकाहरुलाई वित्तीय साक्षरता सम्बन्धी प्रशिक्षण समेत प्रदान गरेका थिए । बैंकले हालसम्म १ सय ३ वटा शाखाहरुमार्फत आफ्ना सेवाग्राहीहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै