PRABHU BANK

नयाँ वर्षमा गरिमा विकास बैंकका ग्राहकहरुलाई दराजबाट सामान खरिद गर्दा १५ प्रतिशतसम्म छुट

काठमाडौँ । नयाँ वर्षमा गरिमा विकास बैंकका ग्राहकहरुलाई दराजबाट सामान खरिद गर्दा छुट हुने भएको छ । बैंकका ग्राहकहरुलाई डेबिट-क्रेडिट कार्ड प्रयोग गरी दराजबाट सामान खरिद गर्दा १५प्रतिशतसम्म सम्म छुट हुने भएको हो ।

गरिमा विकास बैंक र दराजबीच छुटसम्बन्धी सम्झौता भएको छ । नयाँ वर्ष २०८२ लाई मध्यनजर गरी विकास बैंकले यो छुट योजना सार्वजनिक गरेको हो । यस छुट योजना अन्तर्गत विकास बैंकका क्रेडिट कार्डहोल्डर ग्राहकहरुले दराजको बेवसाईट वा मोबाईल एपमार्फत कुनै पनि सामान खरिद गर्दा अधिकतम ७५० रुपैयाँसम्म र डेबिट कार्ड होल्डर ग्राहकहरुले १० प्रतिशत वा अधिकतम पाँच प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।

यो छुट योजना २०८१ चैत्र २२ गतेदेखि सुरु भई २०८१ चैत्र ३१ गतेसम्म लागू हुनेछ । गरिमा विकास बैंकका कार्डहोल्डर ग्राहकहरुले यस योजना सुरु भएपश्चात दराजको वेबसाईट वा मोबाईल एपमा उपलब्ध हुने यस विकास बैंकको नाँउको भौचर संकलन गरी छुट प्राप्त गर्न सक्नेछन् ।

हाल गरिमा विकास बैंकले देशभर १२३ शाखा कार्यालय, १ एक्स्टेन्सन कार्यालय र ५० एटिएम मार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आइरहेको छ ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै