PRABHU BANK

सानिमा बैंक र पाटन अस्पतालबीच आर्थिक सम्झौताको नविकरण

Sanima Bank
  • बैंकिङ संसार
काठमाडौं । सानिमा बैंक र पाटन अस्पतालबीच आर्थिक सम्झौताको नविकरण भएको छ । बैंक र पाटन अस्पतालबीच निम्न आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि गत वर्ष भएको सम्झौताको नविकरण भएको हो । उक्त सम्झौता अन्तर्गत सानिमा बैंकले निम्न आयस्तर भएका महिलाहरुलाई प्रतिव्यक्ति २० हजारसम्म उपचारका लागि सहयोग उपलब्ध गराउँदै आएकोमा सो सम्झौता पुनःनविकरण गरिएको छ ।
सानिमा बैंकले प्रत्येक ‘नारी बचत खाता’ बापत बैंकको तर्फबाट मासिक १ रुपैयाँको दरले नारी सामाजिक कोषमा रकम जम्मा गर्दै आएको छ । उक्त संकलित रकम नारी उत्थानका लागि खर्च गर्ने उद्देश्यले नै बैंकले पाटन अस्पतालसँग यो सम्झौता पुनःनवीकरण गरेको हो । सानिमा बैंकको केन्द्रीय कार्यालय नक्साल काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच उक्त सम्झौता पत्रमा सानिमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहाल र पाटन अस्पतालका तर्फबाट निर्देशक प्रा.डा. रवि शाक्यले हस्ताक्षर गरेका हुन् ।
बैंकले सामाजिक उत्तर दायित्व अन्तर्गत अस्पताललाई उपलब्ध गराउने सो सहयोग रकमले निम्न आयस्तर भएका महिलाहरुको उपचारमा राहत पुग्नुका साथै बैंकको सो कदम प्रशंसनीय रहेको पाटन अस्पतालका निर्देशक शाक्यले बताए । बैंकले हालसम्म ८६ वटा शाखा, १६ विस्तारित काउन्टर र ९२ वटा एटिएम मार्फत आफ्ना सेवाग्राहीहरुलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै