PRABHU BANK

नेपाल राष्ट्र बैंकले बढायो विद्युतीय कारोबारको सीमा

Nepal Rastra Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय कारोबारको सीमा बढाएको छ । राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन २०७७ मा संशोधन गर्दै विद्युतीय कारोबारको सीमा बढाएको हो । जसअनुसार सेवाग्राहीले अब मोबाइल बैंकिङ क्यूआर कोडमार्फत दैनिक २ लाख रुपैयाँसम्म कारोबार गर्न सक्ने भएका छन् । यसअघि यसको सीमा प्रतिदिन १ लाख रुपैयाँ थियो ।
यता मर्चेन्टद्वारा गरिने इन्टरनेट बैंकिङको कारोबार सीमा पनि बढाएर प्रतिदिन २० लाख रुपैयाँ बनाइएको छ ।यसअघि यस्तो कारोबारको सीमा दैनिक १० लाख रुपैयाँ मात्रै थियो । इन्टरनेट बैंकिङ एकाउन्ट ट्रान्सफरमा २० लाख दैनिक कारोबार गर्न मिल्ने भएको छ । यो सीमा कुनै व्यक्तिको नाममा बैक तथा वित्तीय संस्थामा रहेको एउटा खाताबाट सोही व्यक्तिको नाममा पैसा पठाउदा भने लागू नहुने राष्ट्र बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै