PRABHU BANK

नेपाल बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी, कहिलेसम्म दिन पाइन्छ आवेदन ? (भ्याकेन्सीसहित)

Nepal Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल बैंक लिमिटेडले विभिन्न पदका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले विभिन्न पदमा २ सय ७९ जना कर्मचारी माग गरेको हो । बैंकले सहायक प्रवन्धकमा ६२ जना कर्मचारी माग गरिएको छ । यसमा व्यवस्थापन वा अर्थशास्त्रमा स्नाकोत्तर गरेकाले आवेदन दिन सक्ने भएका छन् । यस्तै, आइटीतर्फको सहायक प्रबन्धकमा ५ जना, चार्टड एकाउन्टेन्टतर्फको सहायक प्रवन्धकमा १५ जना र इलेक्ट्रिकल इन्जिनियरतर्फको सहायक प्रवन्धकमा १ कर्मचारी माग गरिएको छ ।
इच्छुकले बैशाख २१ देखि जेठ १० गतेसम्म आवेदन दिन सक्ने भएका छन् । अनलाइनबाट फारम भरी सोको साथमा नागरिकता, शैक्षिक योग्यताका प्रमाणपत्र, हालसालै खिचेको पासपोर्ट साइजको फोटो स्क्यान तथा एट्याच गरी पठाउनुपर्नेछ । सम्बद्ध विषयमा स्नाकोत्तर गरेकाले यो पदमा आवेदन दिन सक्ने भएका छन् । आवेदकको परीक्षा शुल्क ८ सय तोकिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै