PRABHU BANK

सेञ्चुरी कमर्सियल बैंकको नयाँ शाखारहित बैकिङ सेवा पर्सामा, प्रदीप जयसवाल र मन्जुर आलमद्धारा उद्घाटन

Century Bank
  • बैंकिङ संसार
पर्सा । सेञ्चुरी कमर्सियल बैंकको नयाँ शाखारहित बैकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका ४ को देवरवानामा फागुन २२ गते शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको हो । शाखारहित बैकिङ सेवाको उद्घाटन प्रमुख अथितिका रुपमा प्रदेश २ का विधायक मन्जुर आलम र विशेष अथितिको रुपमा सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष प्रदीप जयसवालले संयुक्त रुपमा गरेका हुन् ।
कार्यक्रममा बैंकका प्रदेश नं २ का प्रमुख सौरभ चौधरी, आदर्शनगर शाखाका प्रमुख शिवनाथ साह, लिंकरोड शाखाका प्रमुख सुरेश साह साथै बैंकका अन्य कर्मचारी र स्थानीय गरेर १५० जना भन्दा बढी सहभागिता रहेको थियो । बैंकले आफ्ना १ सय २० शाखा, ८८ एटीएम, २३ शाखा रहित बैंकिङ सेवा र १० एक्सटेन्सन काउन्टरमार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै