PRABHU BANK

गरिमा विकास बैंकको वार्षिक साधारणसभा सम्पन्न

काठमाडौँ । गरिमा विकास बैंकको अठारौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको साधारणसभा पौष २९ गते शुक्रबार कास्की जिल्लाको पोखरा महानगरपालिका स्थित होटल पोखरा ग्राण्डमा सफलतापूर्वक सम्पन्न भएको हो ।

उक्त साधारण सभाले प्रस्तुत सम्पूर्ण प्रस्तावहरु सर्वसम्मत पारित गरेको छ । विकास बैंकले आव २०८०-८१ को वार्षिक प्रतिवेदन सहित सेयरधनीहरुलाई वितरण प्रस्ताव गरेको ५ प्रतिशत (कर सहित) को नगद लाभांस सर्वसम्मत पारित गरेको छ ।

साधारण सभाबाट आगामी कार्यकालका लागि संस्थापक सेयरधनीहरुको प्रतिनिधित्व गर्ने ३ जना संचालकहरु दिलिप प्रताप खाँड, श्याम प्रसाद बस्याल र दिपेन्द्र श्रेष्ठका साथै सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व गर्ने ३ जना संचालकहरु विमल पाण्डे, शोभाकान्त ढकाल र आयुष्मा कोईराला सर्वसम्मतीबाट निर्वाचित गर्ने निर्णय गरेको छ ।

साधारणसभा पश्चात लगतै बसेको संचालकहरुको बैठकले दिलिप प्रताप खाँडलाई सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मत मनोनित गर्ने निर्णय गरेको छ । हाल बैंकको चुक्ता पूँजी रु ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३ सय २७ रहेको छ । साधारणसभाले पारित गरेको लाभांस २०८१ पौष १७ गते कायम रहेका विकास बैंकका शेयरधनीहरुले नगद लाभांस प्राप्त गर्नेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै