PRABHU BANK

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौँ । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेकी छन् । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका वडा नं ०३ महाराजगंज बस्ने ५९ वर्षीय सुधा बस्नेत रहेकी छिन् ।

बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटन ललितपुरबाट फैसला भई कुल ९० लाख पचास हजार रुपोयाँ विगो भएपछि बस्नेत फरार रहेकी थिइन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरीको टोलीले बस्नेतलाई पुस २९ गते महाराजगंजबाट पक्राउ गरेको हो । हाल उनलाई फैसला कार्यान्वयनका लागि सम्मानित उच्च अदालत पाटन ललितपुर पठाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै