काठमाडौँ । वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् । माघ महिनाका लागि २० मध्ये १७ वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपमा पुसकै ब्याजदरलाई निरन्तरता दिँदा दुई वाणिज्य बैंकले ब्याजदर घटाएका छन् भने एउटा बैंकले ब्याजदर बढाएको छ ।
माघ महिनामा वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर औसतमा ०.०३ प्रतिशत बिन्दुले घटेर ६.००१ प्रतिशतमा पुगेको छ ।
समिक्षा अवधीमा एसबिआई बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ६ प्रतिशतबाट घटाएर ५.५ प्रतिशतमा झारेको छ भने कृषि विकास बैंकले ५.५७ प्रतिशतबाट घटाएर ५.५१ प्रतिशतमा झारेको छ ।
यता, लक्ष्मी सनराइज बैंकले भने माघ महिनामा ५.७५ प्रतिशत ब्याज दिने भएको छ।