काठमाडौँ। ६ लघुवित्त राष्ट्र बैंकको कारवाहीमा परेका छन्। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२-८३ को चौथो त्रैमाससम्ममा नियम उल्लंघन गर्ने विभिन्न लघुवित्त वित्तीय संस्थामाथि कारवाही गरेको हो ।
राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागले सार्वजनिक गरेको विवरणअनुसार ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्था तथा सम्बन्धित पदाधिकारीलाई नियामकीय मापदण्ड पालना नगरेको भन्दै कारवाही गरिएको हो। विवरणअनुसार केही संस्थाले २०८२ असार मसान्तमा कायम गर्नुपर्ने न्यूनतम पुँजीकोष अनुपात नियामकीय मापदण्डभन्दा कम कायम गरेका थिए।
त्यस्ता संस्थामाथि बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक सम्बन्धी शीघ्र सुधारात्मक कारवाही गरिएको राष्ट्र बैंकले जनाएको छ।
कारवाहीमा पर्नेमा फरवार्ड लघुवित्त वित्तीय संस्था लिमिटेड, धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड, मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड, एनआईसी एशिया लघुवित्त वित्तीय संस्था, विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र सञ्जीवनी लघुवित्त वित्तीय संस्था रहेका छन्। यो हेर्नुहोस्:


