गोर्खाज फाइनान्स र हिमालय अर्गनाइजेसनबीच ८० प्रतिशतसम्म सवारी कर्जा उपलब्ध गराउने सम्झौता

काठमाडौँ। नेपालमा वातावरण मैत्री, आधुनिक र दिगो यातायात सेवालाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ हिमालय अर्गनाइजेसन (आयाम इन्टरकन्टिनेन्टल प्रा. लि, हिमालय मोटोरेक्स प्रा. लि. तथा सम्बद्ध कम्पनीहरू) र गोर्खाज फाइनान्स लिमिटेडबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

यस रणनीतिक सहकार्यसँगै अब देशभरिका ग्राहकहरूले हिमालय अर्गनाइजेसनद्वारा बिक्रीवितरण गरिने सम्पूर्ण कमर्सियल तथा विद्युतीय सवारी साधनहरूको खरिदमा ८०% सम्म सहज र झन्झट रहित फाइनान्सिङ सुविधा प्राप्त गर्न सक्नेछन् ।

उक्त समझदारी पत्रमा हिमालय अर्गनाइजेसनका प्रमुख कार्यकारी अधिकृत कपिल सिवाकोटी र गोर्खाज फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र इवाहाङले हस्ताक्षर गरेका हुन्।

सुलभ र हरित यातायात कर्जा विस्तार

यस सम्झौता अनुसार ग्राहक तथा यातायात व्यवसायीहरूले प्रतिस्पर्धी ब्याजदरमा ७ वर्ष सम्मको लचिलो भुक्तानी अवधिसहित ८०% सम्म सवारी कर्जा प्राप्त गर्न सक्नेछन् । ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै सम्पूर्ण आवश्यक कागजात पेस भएको ३ देखि ५ कार्यदिन भित्र कर्जा स्वीकृति हुने द्रुत व्यवस्था मिलाइएको छ । यो कर्जा सुविधा गोर्खाज फाइनान्सका देशभर रहेका सम्पूर्ण शाखा सञ्जाल मार्फत तुरुन्तै लागू हुनेछ ।

हिमालय अर्गनाइजेसनको बारेमा

पोखरामा कर्पोरेट कार्यालय र काठमाडौँको गैह्रीधारामा प्रमूख कार्यालय रहेको हिमालय अर्गनाइजेसन नेपालको एक अग्रणी व्यावसायिक घराना हो, जसले बजारमा भरपर्दो, नवप्रवर्तनकारी र लागत-प्रभावी मोबिलिटी समाधानहरू भित्र्याउदै आएको छ । देशव्यापी सेल्स, सर्भिस, स्पेयर पाट्रस तथा चार्जिङ पूर्वाधार मार्फत संस्थाले विद्युतीय सवारी साधन, आधुनिक सार्वजनिक यातायात र हेभी-ड्युटी ढुवानी क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।

उत्कृष्ट अन्तर्राष्ट्रिय अटोमोबाइल ब्रान्डहरू

नेपालको भौगोलिक बनावट र व्यावसायिक यातायातको मागलाई सम्बोधन गर्न हिमालय अर्गनाइजेसनले विश्वविख्यात अन्तर्राष्ट्रिय ब्रान्डहरूको आधिकारिक बिक्रेता भई उक्त सवारी सधानहरुको आयात तथा बिक्री वितरण गर्दै आएको छ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्