काठमाडौँ । नेपाल राष्ट्र बैंकले चेक भुक्तानीसम्बन्धी व्यवस्थाको बारेमा जानकारी दिएको छ । राष्ट्र बैंकले वित्तीय चेतनाका लागि मंगलबार एक सूचना जारी गर्दै चेक भुक्तानीसम्बन्धी व्यवस्थाको बारेमा जानकारी दिएको हो ।
राष्ट्र बैंकको सूिचना अनुसार चेक, बिल, पे-अर्डरलगायत कुनै पनि वित्तीय उपकरणका माध्यमले आफ्नो खातामा रकम जम्मा गर्दा बैंक तथा वित्तीय संस्थाले त्यस्तो उपकरणमा उल्लिखित सम्पूर्ण रकम नै सम्बन्धित ग्राहकको खातामा जम्मा गर्नुपर्ने व्यवस्था रहेको छ ।
साथै, वित्तीय उपकरणको कारोबारमा कुनै शुल्क लाग्ने भएमा बैंक तथा वित्तीय संस्थाले सोसम्बन्धी जानकारी ग्राहकलाई अग्रिम रुपमा गराई ग्राहकको खातामा छुट्टै रुपमा लिनुपर्ने व्यवस्था रहेको राष्ट्र बैंकले जनाएको छ । यस्तो छ बैंकले जारी गरेको सन्देश: