काठमाडौँ । वाणिज्य बैंकहरुबाट प्रवाह हुने कर्जा बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार वाणिज्य बैंकहरुबाट प्रवाह हुने कर्जा एकैदिन १ अर्ब रुपैयाँले बढेको हो।
बैंकहरुबाट पुष ३ गते ४७ खर्ब २४ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा ४ गते ४७ खर्ब २५ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह भएको छ ।
यस अवधिमा वाणिज्य बैंकहरुले संकलन गर्ने निक्षेप भने स्थिर रहेको छ । पुस ३ गते ५९ खर्ब २० अर्ब निक्षेप संकलन भएकोमा पुस ४ गतेपनि सोही रकम बराबरको निक्षेप संकलन भएको छ ।
राष्ट्र बैंकको तथ्यांकअनुसार बैंकहरुको औसत सिडी रेसियो ७८.८३ प्रतिशत छ भने अन्तरबैंक ब्याजदर ३ प्रतिशत कायम भएको छ ।